काठमाडौं । दोलखाको १० मतदान केन्द्रमा बिहीबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । ती मतदान केन्द्रमा ४ वटा बुथमा ८ हजार ५ सय १४ मतदाता रहेका छन्…