सिन्धुली । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा सिन्धुलीमा ५२ प्रतिशत मत खसेको छ । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म भएको निर्वाचनको मतदान कार्यमा ५२ प्रतिशत मतदाताले मतदान गरेको प्रारंभिक नजिजाले देखाएको छ । सिन्धुली जिल्लाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले सिन्ध्ुलीको दुईवटै निर्वाचन क्षेत्र मिलाएर…