दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतले पछि पार्दै कांग्रेसका खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । प्रदेशसभा सदस्यमा निर्वाचित भएका खत्रीले ९ हजार ४ सय ६४ मत प्राप्त गर्नुभएको छ ।…