काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (भोलि) बेलायत जाने हुनुभएको छ । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा देउवा शनिवार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी…