भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाभित्रै राजनीति हुन थालेको बताउनुभएको छ । भैरहवामा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष यादवले राजनीतिज्ञले न्याय दिन थालेकाले मुलुकमा संकट उत्पन्न भएको बताउनुभयो । अध्यक्ष यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक मुद्दालाई अदालतमा भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने उहाँको भनाइ छ…