Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


पालिकामा मतदाता नामावली अद्यावधिक गर्न आयोगद्वारा ११ करोड रुपैयाँ माग

काठमाडौं । निर्वाचन आयोगले पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि करिब ११ करोड रुपैयाँ बजेट माग गरेको छ । पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि साढे आठ करोड तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता कार्यलाई निरन्तरता दिन साढे दुई करोड रुपैयाँ माग गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।…