काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै उपसभापति गुरुङले पार्टीलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउनतिर लाग्नुपर्ने बताउनुभएको हो । उहाँले जनताको मन छुनेगरी घोषणापत्र बनाउन…