काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी अनुदान सहायता भएको र त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उहाँले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्याउनुभयो…