१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


दशौं राष्ट्रिय खेलकूद कर्णालीमा गर्ने घोषणा


182
Shares

काठमाडौं । राष्ट्रिय खेलकूद प्रतियोगिताको दशौं संस्करण दुई वर्षपछि कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको छ ।

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

बैठकले वि.सं. २०८१ सालमा प्रतियोगिताको दशौं संस्करण कर्णाली प्रदेशमा गर्ने निर्णय गरको हो ।

बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि विभिन्न प्रदेशले माग राखेका थिए । मधेश, बाग्मती र सुदूरपश्चिम एघारौं संस्करण आयोजना गर्न इच्छुक देखिएका छन् । तर ,राखेप बोर्ड बैठकले बिडिङ सिस्टमबाट आयोजक तय गर्नुपर्ने भन्दै अहिले नै निर्णय गर्न नसकिने जनाएको छ ।

यसैबीच, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबार अपरान्ह समापन गरिंदैछ । पोखरा रङ्गशालामै आयोजना हुने समापन समारोहबाट दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ ।