काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले पार्टीको निर्णय विपरीत एमसीसी अनुमोदन भएकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले पार्टीको निर्णय विपरीत यथास्थितिमा एमसीसी पारित भएको बताउनुभयो । ‘आठौं महाधिवेशनले एमसीसी यथास्थितिमा पारित नगर्ने भनेको थियो, १५ गतेको प्रतिनिधिसभाले एमसीसी पास गरिदियो,’ उहाँले भन्नुभयो, ‘संसदका केही घोषणाहरू छन्,…