काभ्रे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको सुझावका आधारमा गठबन्धनको भविष्य निर्धारण हुने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो । नेपाली कांग्रेस एक्लै चुनाव लड्न पनि तयार रहेको र लोकतान्त्रिक पार्टी भएकाले जनताले…