हेटौंडा । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुति,…