काठमाडौं । एएफसी यु–२० महिला एशियन कप छनोटमा नेपालले बुधबार प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरू हुनेछ । दुवै टोली सुखद सुरुआतको योजनामा रहेका छन् । केही समयअघि साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै…