झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको बिहिबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । बिहिबार साँझ पौडी खेल्न घरबाट हिडेका उनीहरु…