Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


बंगलादेशमा डेंगुका कारण ४ सय बढीको मृत्यु, ९८ हजार बढी संक्रमित


91
Shares

एजेन्सी। बंगलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा ४ सय १ जनाको मृत्यु भएकाे स्वास्थ्य विभागको तथ्यांकले देखाएकाे छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बुधबार जारी गरेको तथ्यांक अनुसार दक्षिण एसियाली मुलुक बंगलादेशमा जनावरीदेखि डेंगु ज्वरोका सङ्क्रमितको संख्या ९८ हजार ७ सय ५ जना पुगेको छ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको र थप ४ सय २१ जनालाई डेंगु सङ्क्रमण भएको रेकर्ड गरेको जनाइएको छ। डिजिएचएसका अनुसार डेंगुका कारण मृत्यु हुनेको संख्या ४ सय १ जना नागेको हाे। जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १ सय ४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ।

नोभेम्बरमा २४ हजार ५ सय ३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३ सय ८ जना सङ्क्रमित भेटिएको जनाइएको छ। तीव्र डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।

डेंगु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी, जोर्नी दुख्ने / बान्ता हुने चक्कर लाग्ने जस्ता लक्षणहरूसहित मानिसहरूलाई शिथिल बनाउने जनाइएको छ।