Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


राजनीतिको चक्रव्यूह र चंगुलबाट मानव अधिकारलाई अलग्गै राख्नुपर्नेमा माप्रधानन्यायाधीश राउतकाे जाेड


234
Shares

काठमाडाैं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताउनुभएको छ।

जनकपुरमा बुधबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको उहाँले बताउनुभयो। उहाँले मानवअधिकारमा राजनीति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख गर्नुभएकाे छ। राजनीतिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानवअधिकार न्यायसँग जोडिएको विषय भएकाले पनि बढी संवेदनशील हुने उहाँको भनाई छ ।

उहाँले गत भदौ २४ गतेको आन्दोलनको क्रममा सर्वाेच्च अदालत, बार एशोसिएशन सबै जलाईएको उल्लेख गर्नुभयो। आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको उहाँको भनाइ छ। अदालत, अदालतमा भएका हजारौं मुद्दाका मिसिलहरु जलाईए पनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उहाँले बताउनुभयो।

नेपाल बार एशोसिएशनको आयोजनामा जनकपुरमा दुई दिवसीय राष्ट्रिय मानव अधिकार गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा देशैभरीका कानून व्यवसायीहरुको उपस्थिति रहेको भएकाे हाे। बिहीबारसम्म संचालन हुने गोष्ठीले जनकपुरधाम घोषणापत्र जारी गर्ने जनाइएको छ।