एजेन्सी । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलले इजरायली सेनाले बुधबारदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा भीषण आक्रमण शुरु गरेको बताउनुभएकाे छ। खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा दुई महिला र एक प्यारामेडिकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हाे । त्यसैगरी गाजा शहरको पूर्वी…