काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाकाे बारेमा जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षा अनुसार नभएको भन्दै निर्माणको तीव्रता नदेखिएको उल्लेख गर्नुभयो । यद्यपि…