काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ। फाइनल खेल आइतबार बेलुका सवा ७ बजेदेखि अहमदावादमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुरू हुने भएकाे हाे । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका छन् । भारतले गत बिहीबार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले पराजित गरेकाे थियाे ।…