एजेन्सी । पाकिस्तान अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली प्रहार गर्दा ५ जना प्रहरी जवानको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार साेही प्रहारमा परी उनीहरुकाे मृत्यु भएकाे हाे। घटना मंगलबार बिहान पाैने ९ बजे आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ। प्रहरीले तुरुन्तै जवाफी…