Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बोलायो

तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि पत्र काट्ने आयाेगकाे तयारी

1.3k
Shares

काठमाडौं। गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको जनाएकाे हाे। आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतकि नेतृत्वसँग बयान लिन लागेको छ।

आयोगले लेखककाे बयान लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरेकाे हाे।