काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज (साेमबार) पनि बस्ने भएकाे छ । प्रतिनिधिसभाको बैठक साेमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। साे बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नकाे मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो…