Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


राप्रपा र राप्रपा नेपालबीच पार्टी एक हुँदै (सहमति पत्रसहित)


624
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता गर्ने सहमति भएको छ।

राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पार्टी एकताको घोषणा सभा यहि पुस १६ गते राष्ट्रियसभा गृहमा हुने भएकाे बताउनुभएकाे हाे। साेही सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।

गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका छाेड्नुभएकाे छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। सोही निर्वाचनको मुखमा यी दूई पार्टीले एकताको सहमति गरेका छन्।