Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निर्वाचन नभए संसद पुनर्स्थापनाको विकल्प छैन: कांग्रेस


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कुनै निर्णय नगरेको बताउनुभएकाे छ।

सानेपामा बुधबार पार्टीकाे कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूलाई सोध्ने सांसदहरूलाई अदालतको बाटोमा नजान आग्रह गरेकाे बताउनुभएकाे हाे। उहाँले पार्टी निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प नभएको समेत बताउनुभयाे।

प्रवक्ता डा. प्रकाशशरण महतले पनि पार्टीले निर्वाचनमा जाने कुरा गरेको बताउनुभयाे। निर्वाचन नभए पुनर्स्थापनाको ढोका बन्द गर्न नहुने उहाँकाे भनाइ छ।

Skip This