काठमाडौं । सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक डाक्नुभएको छ । । अपरान्ह १२ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठक तीन दिन अघिमात्र बसेको थियो । ओलीको राजीनामाको माग चर्को रुपमा उठिरहेका बेला मन्त्रिपरिषद डाकिएको हो । आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ।