काठमाडौं, असार ३१ । भारतका पूर्व केन्द्रीय मन्त्री एवं कांग्रेस आईका नेता करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू धर्मावलम्बी मर्माहत बनेको टिप्पणी गर्नुभएको छ । रामको जन्म पूर्वी नेपालको एक गाउँमा भएको र भारतले कृत्रिम अयोध्या तयार गरेको भन्दै ओलीले दिएको अभिव्यक्तिले आफू आश्चर्यचकित भएको सिंहको भनाइ छ ।…