कपिलबस्तु । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङ्गको भालुबाङ्गलाई बनाउन प्रस्ताव गरेसगै कपिलवस्तुमा आन्दोलन शुरु भएको छ । बुद्धकालिन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थल कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवामा बिरोध जुलुश निकालिएको छ । प्रदर्शनमा सहभागीले कपिलवस्तु प्रदेशका सबै जिल्लाको पायक पर्ने स्थान रहेको, ऐतिहासिक…