सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आगामी भदौ महिना तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने भएको छ । प्रथम गाउँपालिका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको सम्झनामा तेस्रो स्मृति गोल्ड कप अन्तर्गत पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हुने प्रतियोगिता आगामी भदौ ९ गतेदेखि…