काठमाडौं । इथियोपियामा जारी हिंसाका कारण गत हप्तामात्र ८० जनाको मृत्यु भएको छ । दुई वर्ष भन्दा कम उमेरका बालबालिका र महिलासहित ८० जनाको मृत्यु भएको त्यहाँको मानवअधिकार आयोग (इएचआरसी)लाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इएचआरसीका प्रवक्ता आरोन मासोले दक्षिणी सुडानको बेनिसांगुल–गुमुज क्षेत्रमा बिहानको समयमा विद्रोहीको हमलाबाट सर्वसाधारण मारिएको पुष्टि गर्नुभयो ।…