एजेन्सी । ताजकिस्तानमा जारी ‘हर्ट अफ एशिया’ सम्मेलनमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे गम्भिर छलफल भएको छ । मध्य एसियाली मुलुक ताजकिस्तानको राजधानी दुशान्बेमा जारी सम्मेलनमा अफ्गानिस्तानको तालिवान विद्रोहीसँगको शान्ति सम्झौता सबै पक्षबाट पालना गर्नुपर्ने विषयमा अन्य मुलुकहरुले चासो राखेका हुन् । सम्मेलनमा अफ्गानिस्तानसँगै चीन, भारत, पाकिस्तान, टर्की, रुस, इरान काजखस्तान, साउदी अरबिया, युएईलगायतका एक दर्जन भन्दा…