काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सरकारका तर्फबाट प्रतिरक्षा बहस थाल्दै महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकका पक्षमा फैसला गरिए बहुदलीय व्यवस्थाकै अन्त्य हुने चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतमा प्रधानमन्त्री ओली कदमको प्रतिरक्षामा उत्रनुभएका बडालले शुरुमै विपक्षी तर्फका वकीलहरुले गरेको बहसलाई गाली पुराणको लाञ्छना लगाउँदै भन्नुभयो, ‘यो रिटको…