काठमाडौं । सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आइतबार(भोलि)देखि राजधानीका घर–घरका धारामा पठाउन थालिने भएको छ । पानी वितरणको तयारी पूरा गर्न आयोजनाको टोली फिल्डमा काम गरिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट…