काठमाडौं, असार ६ । नेपालले भारत र चीनबीच पछिल्लो समय चुलिएको विवादलाई शान्तिपूर्णरुपमा सुल्झाउन सुझाव दिएको छ । गएको सोमबार भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको झडपपछि पहिलो औपचारिक प्रतिक्रिया जनाउँदै नेपालले विवाद शान्तिपूर्ण उपायबाट सुल्झाउन सुझाव दिएको हो । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुईपक्षीय,…