काठमाडाैं । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा साेमबार बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार २ दिन बिदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन…