एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् । शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम कब्जा गरेपछि कूटनीतिक नियोगहरु काबुल छाड्ने हतारोमा लागेका हुन । अमेरिकाले आफ्ना कर्मचारीहरुको उद्धारका लागि सेनाको पहिलो खेप अफगानिस्तान पठाईरहेको छ भने अन्य पश्चिमा मुलुकहरुले…