काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै उहाँले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने पनि बताउनुभएको हो । ओलीले महाकाली नदी…