चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्कर गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जले पक्राउ परेका तीन जनासहित तस्करमा संलग्न भएको आरोपमा अन्य दुई जनालाई समेत आज सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७६ साल भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले वयस्क गैँडाको तस्कर अभियोगमा उनीहरुलाई…