काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ । गएराती भएका क्वाटरफाईनलका अन्तिम दुई खेलमा स्पेनको सेभिया र युक्रेनको शख्तर डोनेट्स्क विजयी भएसँगै सेमिफाईनल खेलहरु तय भएका हुन् । क्वाटरफाईनलको खेलमा स्पेनको सेभियाले इंग्ल्याण्डको वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । यो हारसँगै युरोपा लिगको जारी सिजनमा वुल्भरह्याम्पटनको उत्साहजनक यात्रामा पूर्णविराम लागेको छ ।…