पर्वत । जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै अस्पतालले आजदेखि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।…