काठमाडौं, मंसिर २५ । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यारालाई कारवाही गर्न जवाफदेहीता निगरानी समितिले माग गरेको छ । गत मंगलबार मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि हत्या गरिएको थियो । हत्याके जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएके छ । समितिका तर्फबाट समितिका संयोजक चरण प्रसाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्काल निश्पक्ष…