वीरगञ्ज । नारायणी अस्पतालको फार्मेसीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापा मारेको हो । अख्तियारले अस्पतालको फार्मेसीमा रहेका आवश्यक कागतपत्रहरू नियन्त्रणमा लिएको छ । फार्मेसीमा भएका आर्थिक अनियमितता तथा म्याद गुज्रेको औषधिको बारेमा टोलीले छानविन गरिरहेको अयाोगको क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता बिष्णु सापकोटाले जानकारी दिनुभयो…