काठमाडौं । कोरोनाको ओमिक्रोनका संक्रमित काठमाडौंमै फेला परे पनि अहिले नै लकडाउन गर्नेबारे तयारी नगरेको प्रशासनले जनाएको छ । काठमाडौंका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सावधानी अपनाए पनि उपत्यकामै ओमिक्रोनका संक्रमित भेटिनुलाई आफूहरूले गम्भीर रूपमा लिएको बताएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर पूर्वतयारी र पूर्वसावधानीका…