अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टीले देशलाई दुर्घटनामा पुर्याएको बताउनुभएको छ । जनताले पाँच वर्षको जिम्मेवारी दिए पनि त्यसलाई पूरा गर्न नसकेको भन्दै उहाँले त्यसको मुख्य कारक केपी शर्मा ओली रहेको बताउनुभयो । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजना भएको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले सम्पूर्ण कार्यकर्तालाई चुनावकेन्द्रीत…