भक्तपुर । कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । आजै मृतक परिवारको कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक जितेन्द्र…