काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष माघ ४ गतेलाई इप्पानले आफ्नो वार्षिकोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्षपनि विविध कार्यक्रमहरुसहित इप्पान डे मनाउन लागिएको र सोही कार्यक्रमअन्तर्गत यस वर्ष भव्यताका साथ मनाउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।…