Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


१९९ जनामा कोरोना परीक्षण गर्दा शुन्य संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण भेटिएको छैन । आइतबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।