Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


अर्घाखाँचीमा स्वास्थ्य शिविर सम्पन्न, ११ सय बिरामीले स्वास्थ्य जाँच गराए


143
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नि:शुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएकाे नगरपालिकाले जनाएको हाे । साेही शिविरमा पेट, मुटु, छाति र छाला हार्डजोनीसहित १३ प्रकारका रोगका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

सन्धिखर्क-२ को बेल्बाटीमा आयोजना गरिएको शिविरमा आर्थिक अवस्था कमजोर भएर बुटवलसम्म उपचार गर्न जान नसकेका नागरिकलाई समेत समावेश गरेर शिविरको आयोजना गरिएको उहाँले बताउनुभएकाे हो। शिविरमा जिल्लाका अन्य पालिकाकाका बिरामीले पनि सेवा लिएको उहाँकाे भनाइ थियाे । बिरामीको अवस्था हेरी सोही स्थानमा भिडियो एक्सरे पनि गरिएको उहाँले बताउनुभयाे ।

साेही शिविरमा चौराह हस्पिटल प्रा.लि बुटवलले प्राविधिक सहयोग समेत गरेको सन्धिखर्क नगरपालिकाले जनाएकाे छ ।

Skip This