Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


साँघुरा सडकले वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनमा चुनौती, स्तरोन्नतिका लागि १३ करोडको ठेक्का

मानबहादुर वलीसुर्खेत । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको बजार क्षेत्रमा व्यवसाय विस्तार, यातायातका साधन प्रयोगमा भएको वृद्धिले पुरानो सडक साघुँरो भएसँगै सडक स्तरोन्नति गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका, प्रदेश र संघीय सरकारको संयुक्त योजनामा मुख्य बजार क्षेत्रका सडक स्तरोन्नति गरिने भएको हो । मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य सडक फराकिलो र व्यवस्थित बनाउन लागिएको छ ।…