काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा…