बिराज रोस्याराकैलाली । कैलालीको पूर्वी क्षेत्र टीकापुरमा कर्णाली नदीको भङ्गालाेले धानबालीमा क्षति पुर्याएपछि स्थानीय मारमा परेका छन् । लगातारको वर्षापछि आएको बाढी खेतमा काटेर धानको पाँजा डुबाएपछि कृषकहरू समस्यामा परेका हुन् । रानी जमरा कुलरिया सिंचाइ आयोजनाको बाँध कर्णाली नदीले भत्काएपछि नदीको भङ्गालाे कैलालीको पूर्वी क्षेत्रका बस्तीहरूमा पसेका कारण किसानले लगाएको अन्नपात सखाप भएको छ…