मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउन सक्ने छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २…